चीनको सांघाईमा विश्वकै अग्लो होटल।

एजेन्सी := विश्वकै सबैभन्दा अग्लो होटल चीनमा रहेको छ । गत जुन १९ मा खुलेको जे होटल आकर्षकमात्र छैन यसलाई विश्वकै सबैभन्दा अग्लो होटल भनिएको छ । ६३२ मिटर उचाइमा रहेको सांघाई टावरमा उक्त होटल अवस्थित छ ।

यो भवन चीनकै सर्वाधिक उचाइको भवन हो । १६५ वटा कोठा रहेको उक्त होटलमा ३४ वटा सुइट छन् । होटलले चौबीसै घण्टा र सातै दिन सेवा दिने गरेको छ । अत्याधुनिक शौचालयसहित इन्डोर स्विमिङ पुलसमेत छ । स्पाको पनि यसभित्र व्यवस्था छ । प्रत्येक कोठाहरूमा चिनियाँ चियाको व्यवस्थासमेत गरिएको छ । उक्त होटलमा ५५७ डलरबाट कोठाको शुल्क रहेको भनिएको छ ।