एजेन्सी := भारतले शक्तिशाली परमाणु मिसाइलको सफल परीक्षण गरेको छ । ओडिशाको तटमा रहेको डा.एपीजे अब्दुल कलाम टापुबाट परमाणु सक्षम मिसाइलको नयाँ संस्करण ‘अग्नि पी’ को सोमबार सफल परीक्षण गरिएको हो ।
‘पूर्वी तटस्थित विभिन्न टेलिमेट्री र रडार स्टेसनहरूले मिसाइलको निगरानी गरेको थियो ।’ रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनिएको छ, ‘मिसाइलको निर्धारण गरिएको सम्पूर्ण नियमको अनुसरण गर्दै अभियानको उद्देश्य पनि पूर्ति गरेको छ।’
धातुबाट बनेको कारण यो मिसाइल रेल र सडकबाट प्रक्षेपण गर्न सकिन्छ र जहाँ पनि लामो अवधिका लागि भण्डार गर्न सकिने बताइएको छ । यस्तै चार वटा १२२ एमएम रकेटको सफल परीक्षण गरिएको पनि बताइएको छ । यी रकेटहरू सेनाको प्रयोगको लागि विकसित गरिएको भनिएको छ । यसले ४० किलोमिटर दूरीसम्म रहेको आफ्नो लक्षलाई नष्ट गर्न सक्ने जनाइएको छ ।




















