एजेन्सी := यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत राती सम्पन्न भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई पराजित गरेको छ। लण्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो।
खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७५ औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । त्यसपछि ८६ औँ मिनेटमा हेरी केनले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे ।
अब इङ्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेन र युक्रेनबीचको विजेतासँग भिड्नेछ।




















