युक्रेनले स्वीडेनलाई २-१ गोलले हराउँदै इतिहास रच्दै पहिलोपटक युरोको क्वाटरफाइनलमा

एजेन्सी:= यूईएफए यूरो कप अन्तर्गत राती सम्पन्न प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेको छ।

स्कटल्याण्डस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलमा युक्रेनले २-१ को रोमाञ्चक जित निकालेको हो। यो जितसँगै युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

Image

युक्रेनका लागि ओलेक्सान्डर जिन्चेन्को र आर्टम डोभबीकले एक एक गोल गरे। स्विडेनका लागि ईमेल फार्सवर्ग ले एक गोल फर्काए। पहिलो हाफ १ – १ को बराबरीमा सकिए पनि दोस्रो हाफमा दुवै टोलिले गोल गर्न सकेनन्। निर्धारित समयको खेल १ – १ को बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको ९८ औं मिनेटमा स्विडेनका मार्कस डेनियल्सनले विपक्षी खेलाडी आर्टेम बेसेडिनलाई फउल गरेपछि रेडकार्ड पाएका थिए। त्यसपछि १० खेलाडीमा सिमित बनेको स्विडनेले करिब २२ मिनेट एक खेलाडी डाउनमा खेलेको थियो।

Image

खेलमा सुरुवाती अग्रता युक्रेनले लिएको थियो। पहिलो हाफको २७ औं मिनेटमा ओलेक्सान्डर जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई १ – ० को अग्रता दिलाएका थिए। उनले रिबाउण्डमा पेनाल्टी बक्सभित्र पाएको बलमा आर्कषक गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए।

Image

तर, पहिलो हाफको अन्तिम समय ४३ औं मिनेटमा ईमेले फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १ – १ को बराबरीमा ल्याए। उनले लङ रेञ्जबाट उत्कृष्ट गोल गर्दै स्विडेनलाई खेलमा फर्काएका थिए।Image

अतिरिक्त समयको पनि इन्जुरी समय १२१ औं मिनेटमा आर्टम डोभबीकले हेडरमार्फत गोल गर्दै युक्रेनलाई जित दिलाए।

Image

प्रतिस्प्रधात्मक खेलमा दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर बनाएका थिए। युक्रेनका एन्ड्री यार्मोलेन्कोले खेलको ११ औं मिनेटमा गोल गर्ने अवसर पाएका थिए उनले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरीएको थियो।

१९ औं मिनेटमा इलेक्ज्याण्डर ईसाकले गोल गर्ने सुनौलो अवसर पाएका थिए। उनले डिबक्सभित्र पाएको पासलाई सही दिशा दिन सकेनन्।
दोस्रो हाफको ५५ औ मिनेटमा युक्रेनका सर्गी सिडोरचुकले प्रहार गरेको बल गोलपोस्टमा लागेर बाहिरीएको थियो।

Image

त्यसको एक मिनेट पछि ५६ औै मिनेटमा स्विडनका ईमेल फार्सवर्गले प्रहार गरेको बल पनि गोलपोस्टमा लागेर बाहिरीएको थियो। फोर्सवर्गले पुन: ६९ औं मिनेटमा प्रहार गरेको बल पनि किपर बिट भइसकेको अवस्थामा पोस्टमा लागेर बाहिरीएको थियो।

Image

यो जितसँगै युक्रेनले इतिहास रचेको छ। पहिलो पटक नकआउट चरणमा स्थान बनाएको युक्रेन क्वाटरफाइनलमा पुग्दै इतिहास रचेको हो।

The referee blows his whistle to end the second period of extra-time.

अब सेमिफाइनलमा युक्रेनले इंग्ल्याण्डको सामना गर्ने छ। इंग्ल्याण्ड यसअघि नै जर्मनीलाई २ – ० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।