[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= अहिले विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को माहामारीको बिचमै मलेसिया देखि नेपाल फर्किने यात्रुहरुले एयरपोर्ट जानू भन्दा पहिले यि निम्न प्रावधान हरु पूरा गर्नुपर्ने र यी निम्न कुराहरुमा ध्यान दिनुपर्ने भएको छ।
मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव प्रतीक कार्कीले जानकारी गराए अनुसार हालको समयमा मलेसियाबाट रोजगारदाता कम्पनीसंगको श्रम सम्झौता सकिएर नेपाल फर्किने नेपाली श्रमिक यात्रुहरुको लागि विमानस्थल जाँदा साथमा अनिवार्य ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्टको बारकोड,क्युआर कोड सहिको रिपोर्ट लिएर जानु पर्ने र पिसिआर रिपोर्टमा बारकोड,क्युआर कोड अथवा रिपोर्टमा आफ्नो फोटो टासिंएको नभए इमिग्रेशन पास नपाउने ब्यबस्था नेपाल सरकारको रहेको छ।

नेपाल फर्किएपछि ७ दिन होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने प्रावधान समेत रहेको द्धितिय सचिव कार्कीले जानकारी गराउनुभयो।
द्धितिय सचिव कार्कीका अनुसार नेपाल फर्किने यात्रुको साथमा अन्य कागजातहरुमा आफ्नो सक्कली राहदानी, अथवा स्वदेश फर्किने समयावधिको म्याद नसकिएको नेपाली दूतावासले जारि गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) , चेकआउट मेमो , हवाई टिकट , सिसिएमसिको फारम अनिवार्य साथमा हुनुपर्नेछ।
त्यस्तै यदि लकडाउनको अवधी भन्दा पहिले अथवा उडान बन्द भएको अवधी भन्दा पहिलेनै कसैले चेकआउट मेमो निकालिसकेको छ्न भने र त्यो चेक आउट मेमोको म्याद सकिएको भएता पनि सोहि चेक आउट मेमोको साथमा नेपाल फर्किन मिल्ने छ्न । त्यस्तै राहदानीमा भिसाको म्याद नसकिएकोहरुको सवालमा,चेक आउट मेमो नभएको खण्डमा रोजगारदाता कम्पनीले जारी गरेको आधिकारिक पत्र साथमै हुनुपर्ने द्धितिय सचिव कार्कीले बताउनुभयो।




















