मलेसियादेखि काठमाडौंसम्म नेपाल एयरलाइन्सको हवाई उडान साताको हरेक शनिबार हुने।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= कोरोना माहामारीको कारण केहि समय बन्द भएको अन्तर्राष्ट्रिय हवाई उडान स्वास्थ्य मापदण्डको पालना सहित पुनः नियमित रुपमा सुचारु भएका छ्न।

त्यसै क्रममा मलेसियादेखि काठमाडौंसम्मको हवाई उडान समेत सुचारु भएको हो। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को हवाई उडान नियमित साताको शनिबार उडान हुने तय भएको हो।

सन् २०२१ , जुलाई ३ तारिख शनिबारको दिनदेखि मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएबाट काठमाडौंसम्मको अन्तर्राष्ट्रिय हवाई उडान हुने तय भएको नेपाल एयरलाइन्स मलेसियाको आर्थिक प्रमुख (फाइनान्स म्यानेजर) ईन्द्र थापाले मलाया खबरलाई जानकारी गराउनुभयो।

आर्थिक प्रमुख थापाका अनुसार जुलाई महिनाभरिको सेड्युल सार्वजनिक भएको छ, जस अन्तर्गत साताको हरेक शनिबार भन्नाले जुलाई महिना भरमा चारदिन नेपाल एयरलाइन्सले उडान भर्नेछन। अहिले टिकट बुकिङ समेत खुला रहेकोले मलेसियादेखि नेपाल फर्किनेहरुले केहि अप्ठ्यारो नमानि टिकट किन्न सकिने आर्थिक प्रमुख थापाले बताउनुभयो।

साथै अन्य एयरलाइन्सहरु क्रमशः हिमालयन एयरलाइन्सले मलेसियादेखि नेपाल काठमाडौंसम्म साताको हरेक बिहिवार उडान भर्ने भएका हुन भने मालिन्डो एयरलाइन्स साताको हरेक मंगलबार उडान भर्ने छ्न।

यस पटक नेपाल जाने यात्रुहरुले भने कोरोना टेस्ट (पिसिआर) र होटल क्वारेन्टाइन खर्च बापत्तको रकम नेपाली रु.१७००० (आरएम ६१० रिंगेट) सम्म एयरलाइन्सलाई टिकट काट्ने समयमै तिर्नुपर्ने भएको छ। होटल क्वारेन्टाइन र पिसिआर टेस्ट टीकटको पैसासँगै जोडिने भएकोले यस पटकको टीकट खर्च जोडेर करिबकरिब आरएम २ हजारदेखि २२ सय सम्मको शूल्क महगों जस्तो देखिने भएता पनि वास्तबिक टीकट दाम भने साबिककै रहेको एक ट्राभल्स एजेन्सिका सञ्चालकले बताउनुभएको छ।

त्यस्तै यता मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव प्रतीक कार्कीले जानकारी गराए अनुसार हालको समयमा मलेसियाबाट नेपाल फर्किने यात्रुको लागि विमानस्थल जाँदा साथमा अनिवार्य ७२ घण्टे भित्रको कोरोना पिसिआर रिपोर्टको बारकोड सहिको रिपोर्ट लिएर जानु पर्ने र पिसिआर रिपोर्टमा बारकोड,क्युआर कोड नभए इमिग्रेशन पास नपाउने ब्यबस्था नेपाल सरकारको रहेको छ। र नेपाल फर्किएपछि ५ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान रहेको द्धितिय सचिव कार्कीले जानकारी गराउनुभयो।

मलेसिया स्थित नेपाली दूतावासका द्धितिय सचिव प्रतीक कार्की

द्धितिय सचिव कार्कीका अनुसार नेपाल फर्किने यात्रुको साथमा अन्य कागजातहरुमा आफ्नो सक्कली राहदानी, अथवा स्वदेश फर्किने समयावधिको म्याद नसकिएको नेपाली दूतावासले जारि गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) , चेकआउट मेमो , हवाई टिकट , सिसिएमसिको फारम अनिवार्य साथमा हुनुपर्नेछ।

त्यस्तै राहदानीमा भिसाको म्याद नसकिएकोहरुको सवालमा,चेक आउट मेमो नभएको खण्डमा रोजगारदाता कम्पनीले जारी गरेको आधिकारिक पत्र साथमै हुनुपर्ने द्धितिय सचिव कार्कीले बताउनुभयो।

Advertise