शाहरूखको नयाँ फिल्म पठानको रिलिज मिति सार्वजनिक।

एजेन्सी := बलिउड चलचित्र ‘पठान’ को रिलिज मिति सार्वजनिक गरिएको छ । सुपरस्टार शाहरूख अभिनित जासुसी ड्रामा ‘पठान’ अर्को वर्ष (सन् २०२२) को इदमा रिलिज गर्ने तय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाको दोस्रो लहरका कारण स्थगित चलचित्रको छायांकन सुरु गर्दै रिलिज मिति घोषणा गरिएको हो । सिद्धार्थ आनन्दको निर्देशन रहेको यस चलचित्रमार्फत शाहरूख दुई वर्षपछि ठूलो पर्दामा फर्किँदै छन् ।

सन् २०१८ मा आएको ‘जिरो’ फ्लप भएपछि शाहरूख चलचित्रबाट केही समय टाढिनु भएको थियो । पछिल्लो २९ वर्षको अभिनय करियरमा शाहरूखले पहिलोपटक यति लामो समय ‘ब्रेक’ लिनुभएको हो ।

हालको १८ दिनको छायांकन सकेर शाहरूख र टिम अर्को दृश्यका लागि युरोप जाने तयारीमा हुनुहुन्छ । स्थिति सामान्य रहे आउँदो अगष्टसम्म छायांकन सकाउने टिमको योजना छ । चलचित्रमा शाहरूखका साथै अभिनेत्री दीपिका पादुकोण, अभिनेता जोन अब्राहम र सलमान खानको पनि ‘स्पेसल इन्ट्री’ रहने जनाइएको छ ।