तिमीलाई राम्रो सँग थाहा छ होला
मैले गरेका कुराहरु डाहा छ होला
दुनियाँले जे सुकै भनुन अगाडि बढ
दुश्मनी गर्ने दुश्मन खै कहा छ होला
तिमी त मेरो साथी हौं गरिब होस या धनी तर मनकारी हुनु
काम कर्तव्य प्रती सधैं वफादारी हुनु
नचाहिदो कुरा भुलेर चाहिने कुरामा
कुण्ठाग्रस्त भाव हैन इमानदारी हुनु
तिमी त मेरो साथी हौं
एक पछि अर्को सफलता मिल्दै होला
सोच्ने गर्छु अब त मलाई भुल्दै होला
मत उस्तै छु हिजो जहाँ थिए त्यहीँ छु
मेरो बारेमा के के पोल खोल्दै होला
तिमी त मेरो साथी हौं मैले हेलो हाइ भन्दा रिप्लाई आउदैन
भन्छौं अरे त्यो सँग बोल्न मन लाग्दैन
ठूलो बन्नु सबैले घृणा गर्ने धुलो नबन्नु
अतित काफि छ अरु केही चाहिदैन
तिमी त मेरो साथी हौं
रचना -अर्जुन सिंह अनुरागी, मलेसिया