अस्ट्रियामाथि २-१ गोलको अन्तरले जित निकाल्दै इटली क्वाटरफाइनलमा।

  1. एजेन्सी := यूईएफए युरो कप अन्तर्गत राती सम्पन्न दोस्रो खेलमा अस्ट्रियालाई हराउँदै इटली क्वाटरफाइनलमा प्रवेश गरेको छ। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा सम्पन्न खेलमा अस्ट्रियामाथि २-१ गोलअन्तरले हराएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक/एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । इटलीले क्वार्टर फाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । समूह चरणमा इटलीले ३ खेलमा ९ अङ्क जोडेको थियो । समूह चरणमा अस्ट्रियाले ३ खेलमा ६ अङ्क जोडेको थियो ।