फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो: कीर्तिमानका पर्याय।

एजेन्सी := युरोकपअन्तर्गत गत हप्ताको मंगलबार राति भएको खेलमा पोर्चुगलले आफ्नो पहिलो खेलमा हंगेरीमाथि ३–० गोलअन्तरको जित हात पा¥यो । पहिलो हाफमा कुनै गोल नभए पनि अन्तिम १० मिनेटमा पोर्चुगलले तीन गोल गरेको थियो ।

उसका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा राफाएल गुरेरोले एक गोल गर्नुभएको थियो । हंगेरीविरुद्धको खेलमा रोनाल्डोले आफ्नो सानदार खेलमात्रै प्रस्तुत गर्नुभएन, ६ कीर्तिमानसमेत कायम गर्नुभएको थियो ।

पाँच युरोकप

रोनाल्डोले सबैभन्दा पहिलो युरोकप २००४ मा खेल्नुभएको थियो । घरेलु मैदानमा उहाँले ग्रिसविरुद्ध डेब्यु गर्नुभएको थियो। त्यस संस्करणको फाइनलमा ग्रिससँग पोर्चुगल १–० ले पराजित भएसँगै रोनाल्डो पहिलो युरोकप उपाधि जित्नबाट चुक्नुभएको थियो ।

तर, १७ वर्षपछि पोर्चुगलको नेतृत्व गर्दै रोनाल्डो यसपटक पाँचौं युरोकप खेल्दै हुनुहुन्छ । जुन उपलब्धि हालसम्म अन्य खेलाडीले हासिल गर्न सक्नुभएको छैन ।

गोल गर्ने पाको खेलाडी

जब हंगेरीविरुद्ध रोनाल्डोले पेनाल्टीमार्फत् पहिलो गोल गर्नुभएको थियो । त्यसबेला उहाँ ३६ वर्ष १३० दिनको हुनुहुन्थ्यो । जसले उहाँलाई युरोपियन प्रतियोगितामा गोल गर्ने सबैभन्दा बुढो खेलाडी बनाइदियो ।

यसअघि यो कीर्तिमान पेपेका नाममा थियो । पेपेले २०१८ को फिफा विश्वकपमा (३५ वर्ष १२४ दिन) गोल गर्दै पोर्चुगलका लागि गोल गर्ने सबैभन्दा पाको उमेरको खेलाडी बन्नुभएको थियो ।

युरोमा पाँच गोल

युरोकपमा पाँच गोल गर्ने रोनाल्डो एक्लो खेलाडी बन्नुभएको छ । २००४ को डेब्यु सिजनमा उहाँले ग्रिसविरुद्ध २–१ ले पराजित हुँदा पहिलो गोल गर्नुभएको थियो । मंगलबार राति १२ यार्ड टाढाबाट पेनाल्टीमार्फत् गोल गर्दै रोनाल्डोले पाँचवटै युरोमा गोल गर्ने खेलाडीको कीर्तिमान राख्नुभयो ।

दोहोरो गोल गर्ने पाको खेलाडी

जब रोनाल्डोले हंगेरीविरुद्ध इन्ज्युरी समयमा दोस्रो गोल गर्नुभयो त्यसले अर्को रेकर्ड तोडेको थियो । उहाँ युरोपियन च्याम्पियनसिपमा दुई गोल गर्ने सबैभन्दा पाको उमेरको खेलाडीसमेत बन्नुभएको थियो । यसअघि ३५ वर्ष २५६ दिनका दिन गोल गर्दै यो रेकर्ड युक्रेनियम लिजेन्ड एन्ड्रेय स्काभेन्कोको नाममा थियो ।

सर्वाधिक गोलकर्ता

हंगेरीविरुद्धको दुई गोलसँगै रोनाल्डो युरोकपको सर्वाधिक गोलकर्ता पनि बन्नुभयो । हंगेरीविरुद्ध खेल्नुअघि रोनाल्डो र फ्रेन्चका लिजेन्ड माइकल प्लाटिनी सर्वाधिक गोलकर्ता हुनुहुन्थ्यो । दुवैको समान ९–९ गोल थियो । तर, हंगेरीविरुद्ध दुई गोल गर्दै रोनाल्डोले आफ्नो गोलसंख्या ११ पु¥याउनुभएको छ ।

सर्वाधिक जित

हंगेरीविरुद्धको जितसहित रोनाल्डोले युरोकपका १२ खेलमा जित हात पार्नुभएको छ । जसले युरोकपमा उहाँलाई सर्वाधिक जित हात पार्ने खेलाडीसमेत बनाइदियो । यसअघि यो कीर्तिमान रोनाल्डोसँगै स्पेनिस मेइस्ट्रोस सेज फ्राब्रगास र आन्द्रेस इनिस्टाको नाममा थियो । उहाँहरूले युरोकपको ११–११ खेलमा जित हात पार्नुभएको थियो ।