इशान राईको ‘यो दिलमा’ गीत सार्वजनिक।

काठमाडौं := द भ्वाइस अफ नेपाल सिजन ३ को नकआउटबाट बाहिरिनु भएका गायक इशान राई नयाँ गीतहरू सार्वजनिक गरिरहनु भएको छ । यस्तै क्रममा गायक इशानको ‘यो दिलमा’ बोलको गीत सार्वजनिक गरिएको छ । विशाल चौतारी टिभी युट्युब च्यालनबाट अफिसियल गीत सार्वजनिक गरिएको छ ।

‘यो दिलमा’ बोलको गीतमा वर्षा राईको शब्द रहेको छ भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज छ । यस गीतलाई गायक ईशानले स्वर दिनुभएको छ । चर्चित गायक राजेशपायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि ईशानको अझ बढी चर्चा चुलिएको हो । ईशान ‘धरानकी सान्ननी’ गीतको सफल्तापछि ‘यो दिलमा’ गीतबाट पनि सफल्ताको खोजीमा छन् । यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन विशाल राईले गर्नुभएको छ ।