दाङ:= रोल्पामा पहिरोले घर भत्किदा हजुरआमा, नातिनी र नातिनी बुहारीको मृत्यु भएको छ । सुतिरहेका तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिनुभयो ।
मध्यराति रोल्पा नगरपालिका ९ होमाको गर्पामा घर माथिबाट पहिरो खस्दा ८६ वर्षीया हजुरआमा कर्मिता बुढा, १६ वर्षीया नातिनी स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुसिला बुढाको घटना स्थलमै मृत्यु भएको डिएसपी सुबेदीले बताउनुभयो ।
घटनामा परि थप तीन जना घाइते छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर छ । घरमुली ४० वर्षीय टिका सिंहबुढा गम्भीर घाइते भएको र उनको उद्धारको लागि हेलिकोप्टर मागिएको डिएसपी सुबेदीले बताउनुभयो । गम्भीर घाइते बुढाको टाउको, खुट्टा, ढाड लगाए बिभिन्न स्थानमा घर धप्किदा काठले चोट पटक लागेको छ ।
उपचारका लागि जिल्ला बाहिर लैजानु पर्ने भएपनि पहिलोका कारण सडक खण्ड अवरुद्ध भएको हुँदा उद्धारको लागि हेलिकोप्टर मागिएको सुबेदीले जानकारी दिनुभयो । घटनामा परि टिकाकी श्रीमती ४५ वर्षीया सुनमाया बुढा र उनीहरुका ९ वर्षी छोरा शक्तिमान बुढापनि सामान्ने घाइते भएपनि उनीहरुको अवस्था भने सामान्ने रहेको प्रहरीले जनाएको छ ।
पहिरो घरमा खसेपछि माथिल्लो तलामा सुेतका दूई जना र तल्लो तलामा सुतेका एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो नभएका कारण मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालसम्म पु-याउन कठिन अबस्था रहेको डिएसपी सुबेदीले जानकारी दिनुभयो ।




















