मलेसियामा श्रमिकको हकहित संरक्षण र उद्दार गर्न अध्यक्षमा मेरो उम्मेदवारी:विनोद थापा।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत प्रवासी नेपाली श्रमिकहरुको समस्या समाधानका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नजिकिदै गरेको ७ औं महाअधिवेशनमा सन् २०२१ देखि २०२३ सम्मको कार्यकालको लागि अध्यक्ष पदमा विनोद थापाले समेत उम्मेदवारी दिने भएका छ्न।

प्रत्यक्ष निर्वाचनको व्यवस्था हुनुपर्ने माग गर्दै प्रवासमा रहेका हरेक नेपालीहरुका समस्यालाई समाधान गर्ने उद्देश्यले र वर्तमान अवस्थामा कोरोना भाइरसले विश्व मानव जगत नै आक्रान्त भैरहेको बेला बिपदमा परेका नेपालीहरुलाई सहयोग गर्दै आईरहेका थापा आगामी दिनहरूमा पनि भैपरी आउने समस्याहरुलाई समाधान गर्न पहल गर्ने सोचाइ एवं समाज परिवर्तन गर्ने उद्देश्यका साथ मलेसियामा रहेका श्रमिकको हरेक तहबाट सहयोग गर्ने प्रतिबद्धताका साथ एनआरएनए एनसीसी मलेसियाको सातौं अधिवेशन २०२१-२०२३ सम्मको कार्यकालको लागि कार्यसमिति अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

सन् २००३ सालमा श्रमिकको रुपमा मलेसियामा काम गर्न आएका विनोद थापा आफ्नो रोजगारीको अलावा सन् २०१३ सालदेखिनै प्रत्येक्ष अप्रत्येक्ष रुपमा एनआरएनए मलेसिया सँग सहकार्य गर्दै श्रमिकको हक हितको समाजसेवामा सक्रिय रुपमा लागेर काम गर्दै आईरहेका छ्न। थापा पछिलो समय सन् २०१७ – २०१९ को एनआरएनए कार्यसमितिमा केन्द्रीय सदस्यको रुपमा रहेर काम गरेका थिए।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) महामारीमा विभिन्न संघसंस्था संग समन्वय गरेर आर्थिक सहयोग सङ्कलन र बिरामी परेका श्रमिकहरुलाई आफै सम्बन्धित ठाउँमा गएर नेपाली राजदूतावास संग समन्वय गरेर उपचार गर्ने,सघाउने देखि खाद्यान सामग्रीहरु वितरण गर्दै मलेसियामा रहनुहुने नेपाली श्रमिकहरुको ढुकढुकी बन्न सफल ब्यक्ति हुन विनोद थापा।

श्रमिकहरुको हक हितको लागि काम गर्दै जादा बाहिर बसेर एनआरएनएमा यो गरौं त्यो गरौं भन्नु भन्दा पनि एनआरएनए भित्र कार्यसमितीमा आएर केही गर्नुपर्छ भित्रै बसेर अझै बढीगर्न सकिन्छ भन्ने सोचले उमेदवारी दिने निर्णय गरेको थापाले बताउनुभयो।

एनआरएनए मलेसिया सन् २०२१-२०२३ का कार्यकालको लागि बोर्ड मेम्बर’ छनोट गरिने निर्वाचन,चुनाव आगामी महिना जुलाई २५ तारिखमा हुने तय भएको छ।