मलेसियामा रहेका श्रमिकहरुमाझ परिचीत पहिलो मलेसियामा मान्यता प्राप्त र ठुलो सङ्ख्यामा सदस्यहरु रहेको सस्था जनउद्वार केन्द्र र प्यानलका अध्यक्ष केसु थापा पनि गैरआवासीय नेपाली संघ मलेसियको आगामी अधिबेशनमा चुनावी मैदानमा आउने भएका छ्न ।

गैरआवासीय नेपाली संघ मलेसियाको आगामी अधिबेशनमा उम्मेद्बारी दिने चर्चा संगै उता जनउद्धार केन्द्रको अधिबेशनले पनि नयाँ अध्यक्ष पाउने हो अथवा अध्यक्षको दाबेदार को-को हुनेछन भन्ने बिषयले पनि चर्चा पाउन सुरु भैसकेको छ। जनउद्धार केन्द्रका अध्यक्ष केसु थापासंग हामिले गरेको प्रश्नमा उनले भने हामीले र गैरआवासीय नेपाली संघले अहिलेसम्म गर्दै आएको काम उस्तै-उस्तै छ्न संघ भित्र केही बिबादास्पद बिषय छ्न तिनीहरुको दीर्घकालीन समाधान र श्रमिकमैत्री संघ बनाउन आफू अधिबेशनमा आउन चाहेको बताए। संघ भित्र एउटा कुसल सस्कारको बिकास र श्रमिकमैत्री संघ बनाउन नेतृत्व लिन चाहेको बताए ।




















