काठमाडौं := आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला उर्फ (टीका संग्रौला) लाई तीन दिन हिरासतमा राख्न जिल्ला प्रशासनले अनुमति दिएको छ ।
अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।
संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि चर्चामा आएको थियो।

त्यस्तै संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र अर्कि एक महिला शर्मिला वाईबालाई पनि थुनामा राख्न अनुमति दिइएको छ । युवा संघकी नेतृ खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला आइतबार पक्राउ परेकी थिइन् । नेतृ घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।





















