[ आरएन चौधरी थारु ]
बारा := मलाया खबर अनलाइन मिडिया (पत्रीका) मा कार्यरत बारा सम्बादाता , पत्रकार अभय दुबेलाई मातृशोक परेको छ।
बिगत १ बर्षदेखि मलाया खबर मिडियासंग आवद्ध रहि बारा जिल्लाबाट पत्रकारिता गर्दै आइरहनु भएका पत्रकार अभय दुबेको आमा हिरा देविको उपचारको क्रममा अस्पतालमा असमायिक निधन भएकोले पत्रकार दुबेलाई मातृशोक परेको हो।
बारा जिल्लाकै सिम्रौनगढ नगरपालिका वडा नम्बर ७,झवानी घर भएका र कोल्हबी नगरपालिका वडा नम्बर १ मठवा भन्ने गाउँमा अस्थायी रुपमा बसोबास गर्दै आएका पत्रकार दुबेको आमा हिरा देविको निधन भएको हो।
बिगत लामो समयदेखि चिनी रोगको साथसाथै निमुनिया , थाईराईड , मृगौलामा खराबी लगायतको रोगहरुबाट ग्रसित ४० बर्षिय हिरा देविको उपचार पछिल्लो समयमा बिगत २० दिनदेखि पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भैई थप उपचार हुँदैआएको थियो। तर अस्पतालमै उपचारकै क्रममा यहीँ मिति २०७८ साल असार ६ गते साझ करिब ०४:०० बजेको समयमा निधन भएको हो।

मृतक हिरा देविको मृत शवलाई छोरा अभय दुबेलेनै हिन्दू धर्म अनुसार हिजै अन्तिम दाहसंस्कार सम्पन्न गरि सकिएको जनाउनुभएको छ।




















