मलेसियामा अवैधानिक हैसियतमा कार्यरत ३०९ जना विदेशी श्रमिकहरु पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको मुकिम डेनङ्किल तथा नजिकै रहेको निर्माणस्थल र अत्याधिक विदेशी श्रमिकहरु बस्ने एक आवासीय क्षेत्रमा आज बिहानको समयमा मलेसियन अध्यागमन विभाग (इमिग्रेशन) ले छापा हानि अवैधानिक विदेशी श्रमिकहरुलाई पक्राउ गरिएको छ।

इन्डोनेसिया, बङ्गलादेश,म्यानमार, भियतनाम,इन्डिया लगायत देशको गरि जम्मा ३०९ जना अवैधानिक विदेशी श्रमिकहरु पक्राउ परेको मलेसियन अध्यागमन बिभागले जनाएको हो।

All photo source : malaysian imigressen department (JiM)

पक्राउ पर्ने विदेशी श्रमिकहरुमा २८० पुरुष र २९ जना महिला रहेको अध्यागमन विभागले जनाएको छ । त्यसमा कती जना नेपाली श्रमिक परेका छन भन्ने अध्यागमन विभागले स्पष्ट खुलाइएको छैन।

उक्त कार्य क्षेत्र वरपर सयौंको सङ्ख्यामा नेपालीहरु समेत कार्यरत रहेका थिए। पछिल्लो समय मलेसियामा जारी लकडाउनकै अवस्थामा पनि छापामारी हान्न थालेपछि अन्य देशको अवैधानिक श्रमिकहरु संगै नेपाली श्रमिकहरु समेत त्रसित हुन थालेका छन।