एजेन्सी := १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत गएराती भएको खेलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको छ ।
म्युनिखस्थित एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो। पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आफ्नै पोस्टमा दुई आत्मघाती गोल गरे।

खेलमा पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डाइस र राफेलले आत्मघाती गोल गरे। पहिलो हाफमा २-१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।

६७ औँ मिनेटमा डिओगो जोटाले गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउन खोजेपनि त्यो जितको लागि पर्याप्त भएन। योसँगै जर्मनीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यसअघि जर्मनी फ्रान्ससँग पराजित भएको थियो।





















