युरो कप फुटबल: नेदरल्याण्ड्सले अस्ट्रियालाई २-० गोलले हरायो।

एजेन्सी := यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले अस्ट्रियालाई हराएको छ। नेदरल्याण्ड्सस्थित एम्सटरड्याम एरेनामा १२ हजार दर्शकहरुका बीच सम्पन्न समूह ‘सी’ को खेलमा डच टोलीले अस्ट्रियामाथि २-० को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरे । समूह ‘सी’ को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ।

अघिल्लो खेलमा युक्रेनमाथि ३-२ गोलअन्तरले जित निकालेको नेदरल्याण्ड्सले अस्ट्रियामाथि जित निकालेसँग ६ अंक जोडेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। यो समूहमा न युक्रेन र अस्ट्रियाको ३/३ अङ्क छ ।