डेनमार्कविरुद्ध बेल्जियमको २-१ गोल अन्तरले रोमाञ्चक जित।

एजेन्सी := यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बेल्जियमले डेनमार्कमाथि जित निकालेको छ। कोपेनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले २-१ को रोमाञ्चक जित निकालेको हो।

खेलको दोस्रो मिनेटमै युसुफ पलसेनको गोलमा डेनमार्कले अग्रता बनाएको थियो। पहिलो हाफमा डेनमार्क १-० गोलले अघि रह्यो। दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यस्तै, ७० औँ मिनेटमा केभिन डि ब्रुएनेले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए। यो बेल्जियमको लगातार दोस्रो जित हो भने डेनमार्कको यो दोस्रो हार हो।