विश्व पत्रकारिताको सर्वोच्च पुरस्कार पुलित्जर प्राइज-२०२१ घोषणा।

एजेन्सी := विश्व पत्रकारिताको सर्वोच्च पुरस्कार पुलित्जर प्राइज २०२१ घोषणा भएको छ । कोलम्बिया युनिभर्सिटीले पत्रकारिता, लेटर्स एण्ड ड्रामा र संगीत विधामा पुरस्कार घोषणा गरेको हो । पब्लिक सर्भिस विधाको अवार्ड द न्यूयोर्क टाइम्सले जितेको छ।

ब्रेकिङ न्यूज एण्ड रिपोर्टिङ विधामा स्टार ट्रिब्युन, इन्टरनेसनल रिपोर्टिङ विधामा बजफिड न्यूज, क्रिटिसिज्म न्यूयोर्क टाइम्स, सम्पादकीय लेखन लस एन्जल्स टाइम्सले जितेका छन् । ब्रेकिङ न्यूज फोटोग्राफी र फिचर फोटोग्राफी विधामा एसोसिएटेड प्रेस (एपी) उत्कृष्ट भएको छ ।

नाट्य विधामा आख्यानतर्फ लुइस एड्रिक लिखित द नाइट वाचम्यान उत्कृष्ट भएको छ । ड्रामा विधामा क्याटोरी हललिखित द हट् विङ किङ उत्कृष्ट भएको छ ।