क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी श्रमिकको लागि कोरोना भाइरस (कोभिड-१९) विरुद्दको खोप लगाए बापत्तको शुल्क रकम कुनैपनि श्रमिकसंग लिन नपाईने , रोजगारदाता कम्पनीलेनै स्वयंम तिर्नुपर्ने, व्यहोर्नुपर्ने भएको छ।
श्रम क्षेत्रलाई लक्षित गरेर सुरु गरिने खोप अभियानमा खोपको शुल्क श्रमिकबाट नअसुलिने व्यवस्था गर्न सम्वन्धित सरकारी निकायलाई चनाखो बनाइने र यस् कार्यलाई पुर्ण रुपमा कार्वानयनमा ल्याइने मलेसिया सरकारको आर्थिक,अन्तर्राष्ट्रिय उद्योग,व्यापार बरिष्ठ मन्त्री मोहम्मद अजमिन अलीले बताउनुभएको छ।

मलेसियाको स्थानीय अनलाइन पत्रीका द स्टारका अनुसार खोप नि:शुल्क भएपनि श्रम क्षेत्रका लागि केहि रकम शुल्क लाग्ने र सो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गरिएको मन्त्री अलीले बताएका छन् । उनले खोप वापतको रकम श्रमिकबाट उठाउन नपाउने व्यवस्था कडाईपूर्वक लागु हुने पनि बताए । उनले दुई मात्रा नै खोप श्रमिकका लागि नि:शुल्क हुने र श्रमिकले कुनै किसिमको शुल्क ,आर्थिक रकम तिर्न नपर्ने पनि बताएका छन् । यसमा उद्योगीहरुको संगठनले पनि सहमति जनाएको बताएको समाचारमा जनाइएको छ।

मन्त्री अजमिनले खोप अभियानलाई सहज रुपमा सञ्चालन गर्न प्रशासनिक खर्च वापतको शुल्क तिर्न उद्यागीहरु सहमत भएको जनाए । बुधवार देखि सेलेंगर, जोहर तथा पेनाङमा सुरु हुने नमुना खोप अभियानमा आफू पनि अनुगमनमा जानसक्ने उनले बताएका छन् । मलेसिया सरकारले श्रमिकका लागि खोप लगाउने रोजगारदाताले प्रति मात्रा आरएम : ९० रिंगिट तिर्नुपर्ने जनाएको छ।




















