चीनले आइटी क्षेत्रमा २०२१मा तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर खर्च गर्दै।

एजेन्सी := सूचना प्रविधि (आइटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ । कोभिड-१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेली–मेडिकेयर र टली शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेसन (आइडिसी) ले जनाएको छ ।

चिनियाँ सरकारले यस वर्ष आफ्नो १४औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न सुरु गरेको छ । चीनले आगामी वर्षहरूमा प्रविधि विकासको खर्चलाई वृद्धि गर्ने आइडिसीले जनाएको छ । तथ्यांकअनुसार झेजियांग, जियाङ्सु र आन्हुई र शांघाई नगरपालिका प्रान्तहरूमा रहेको याङ्जे नदी डेल्टा क्षेत्रले २०२१ मा आइहृटीका लागि ५१८ अर्बभन्दा बढी खर्च पु¥याएको सिन्हृवाले जनाएको छ ।