काठमाडौं := कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा गत बर्षझै यस बर्ष पनि आन्तरिक मुल्यांकन,जिल्ला समन्वय इकाईमा त्यसको अभिलेख तथा राष्ट्रिय परिक्षा बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गरेर आगामी साउन १५ भित्र रिजल्ट सार्वजनिक गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो ।
सोही अनुसार बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन गरेको छ । बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले एसइईका नतिजा साउन १५ सम्म आइसक्ने र भदौबाट विद्यार्थीको कक्षा ११ को पठनपाठन शुरु हुने जानकारी दिए ।




















