अश्लील गीत बनाएको आरोपमा भोजपुरी गायक,नायक खेसारीलालविरुद्ध उजुरी।

एजेन्सी := महिलालाई लिएर अश्लील गीत बनाएको आरोपमा भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरुद्ध मुम्बईमा उजुरी दर्ता भएको छ । उहा विरुद्ध भारतीय दण्डसंहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत केस गरिएको छ ।

‘सनातन सेवा फाउण्डेशन’का प्रमुख श्री सरजीत सिंहले बिहीबार उनीविरुद्ध आपराधिक मामलामा उजुरी दर्ता गराएका हुन् । उजुरीमा भनिएको छ ‘खेसारी लाल यादवले पैसा कमाउने उद्देश्यले अश्लील गीत र भिडियो बनाउनु भएको छ ।’

उहाँको हालै रिलिज भएको गीत ‘चाची के बच्ची सपनवा मे आती है’ पनि उल्लेख गर्दै सुरजितले भने, ‘यो गीतले समाजमा महिलाको सम्मानमा ठेस पुगेको छ ।’ उजुरीमा स्क्रिन सटसमेत प्रमाणको रूपमा राखेर कडा कारबाहीको माग गरिएको छ ।

यस अगाडि पनि खेसारीविरुद्ध लखनउ, उत्तर प्रदेशमा केस दर्ता भएको थियो । मार्च २०२१ मा फिल्म निर्देशक राजकुमार पाण्डेले उहालाई धम्की र अभद्र व्यवहारको आरोप लगाउनु भएको थियो । यादवले सामाजिक संजालमा निर्देशकका लागि अपमानजनक टिप्पणी र धम्की दिनु भएको थियो ।