काठमाडौं := नेपालको उच्च शिक्षा सुधारका लागि विश्व बैंकले ६० मिलियन डलर अनुदान सहयोग प्र्रदान गर्ने भएको छ । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न, अनलाइन शिक्षाको स्तर बढाउन र विपन्न र कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थामा पहुँच विस्तार गर्न उक्त सहयोग प्रदान गर्ने भएको हो ।
विश्व बैंकका लागि माल्दिभ्सका अध्यक्ष फारिस हार्डेड जेरभोसले कोरोना महामारीले मानवजीवन सक्षम राख्न आवश्यक भएको देखाएको र शिक्षामा राम्रो पहुँच हुँदा त्यसले मानिसलाई सीप सिकाई सक्षम बनाई नेपाललाई महामारीसँग सजिलै जित्ने सक्ने बनाउने बताउनुभएको छ ।




















