मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा।

एजेन्सी := लियोनेल मेस्सीको कप्तानीमा कोपा अमेरिका कपको लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ । अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रशिक्षक स्कोलानीले उक्त टोली घोषणा गर्नुभएको हो ।

स्कोलानीको टोलीमा कप्तान मेस्सीसँगै लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरेआ, सर्जियो अगुएरो र लुकास एलारियोले अर्जेन्टिनाको आक्रमण सम्हाल्नु हुनेछ । अर्जेन्टिनाको टोलीको गोलरक्षकमा फ्रान्को अर्मानी, इमिलियानो मार्टिनेज, जुवान मुस्सो र अगष्टिन मार्चेसिन हुनुहुन्छ ।

यस्तै डिफेन्डरमा गोन्जालो मोन्टिइल, निकोलस ओटामेन्डी, जर्मन पिज्जीएला, निकोलस ट्याग्लिएफिको, लुकास मार्टिनेज क्वार्टा, मार्काेस एकुना, लिसान्द्रो मार्टिनेज, नाहुएल मोलिना लुसेरो र क्रिस्टियन रोमेरो र मिडफिल्डरमा लियान्द्रो पारेडेस, जियोभानी लो सेल्सो, एक्सक्विल पालासिओस, निकोलस गोन्जालेज, गुइडो रोड्रिग्वेज, रोड्रिगो डि पउल, एलेजान्द्रो गोमेज, एन्जल कोरेआ र निकोलस डोमिन्ग्वेज हुनुहुन्छ ।

यस्तै फरवाडमा लियोनेल मेस्सी (कप्तान), लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरोआ, सर्जियो अगुएरो र लुकास एलारियो हुनुहुन्छ । यस्तै ब्राजिलका प्रशिक्षक टिटेले २४ सदस्यीय टोली घोषणा गर्नुभएको छ । टटेको टोलीमा बार्सिलोनाका राइट ब्याक इमर्सन, एट्लेटिको म्याड्रिडका सेन्टरब्याक फिलिपेलाई टोलीमा समेट्दा साओपाउलोका भेट्रान डिफेन्डर ड्यानी आल्भेस र बेन्फिकाका डिफेन्डर लुकास भेरिससिमोले चोटका कारण टोलीमा स्थान बनाउन सक्नुभएन ।

टिटेको टोलीमा क्लब फुटबलमा प्रभाव जमाइरहेका नेयमार, एसिलन बेकर र क्यासमिरोले स्वभाविक रुपमा टोलीमा स्थान बनाउनु भएको छ । कोलम्बिया र अर्जेन्टिनामा कोपा अमेरिका नहुने भएपछि अन्तिम समयमा कोन्मेबलले ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी सुम्पेको थियो । ब्राजिलको टोलीले पनि कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा कोपा आयोजना गर्न नहुने भन्दै असन्तुष्टि जनाए पनि अन्तिम समयमा खेल्ने निर्णय गरेको छ । कोपा अमेरिका कप १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुनेछ । ब्राजिलले १३ जुनमा भेनेजुएलासँग खेल्दै कोपा अमेरिका कपको सुरुवात गर्नेछ ।

ब्राजिलको टोलीमा गोलरक्षक एलिसन बेकर (लिभरपुल), इडर्सन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरस), डिफेन्डरमा एलेक्स सान्द्रो (युभेन्ट्स), डानिलो (युभेन्ट्स), इमर्सन रोयल (बार्सिलोना), रेनान लोडी (एट्लेटिको म्याड्रिड), इडर मिलिसाओ (रियल म्याड्रिड), फिलिपे (एट्लेटिको म्याड्रिड), मार्किन्हस (पीएसजी) र थियागो सिल्भा (चेल्सी) हुनुहुन्छ ।

मिडफिल्डरमा क्यासमिरो (रियल म्याड्रिड), डगलस लुइज (एस्टन भिल्ला), एभर्टन रिबेरो (फ्लामेंगोे), फाविन्हो (लिभरपुल), फ्रेड (म्यानचेस्टर युनाइटेड) र लुकास पाक्वेटा (लियोन) र फरवार्डमा एभर्टन (बेन्फिका), गाव्रियल बार्बोसा (फ्लामंगोे), गाब्रियल जेजस (म्यानचेस्टर सिटी), नेयमार (पिएसजी), रिचार्लीसन (एभर्टन), रोबर्टो फिर्मिनो (लिभरपुल) र भिनिसियस जुनियर (रियल म्याड्रिड) हुनुहुन्छ ।