जाकोभिच र नाडाल सेमिफाइनलमा भिड्ने।

एजेन्सी := शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच र तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै भिड्ने हुनुभएको छ । शीर्ष वरियताका जोकोभिचले इटालियन माटियो बेरारटिनीलाई ३-१ को सेटमा पराजित गर्दै नाडालसँगको भेट पक्का गर्नुभएको हो ।

पेरिसमा बुधबार राति भएको खेलमा ३४वर्षीय जोकोभिचले सुरुवाती दुई सेटमा ६-३ र ६-२ को सहज जित हात पारे पनि त्यसपछिको दुई सेटमा निकै संघर्ष गर्नुपर्दा तेस्रो सेट ७-६ ले गुमाउनुभयो । चौथो सेट जोकोभिचले ७-५ ले आफ्नो पक्षमा पार्न सफल हुनुभयो ।

नाडालले १०औं वरियता प्राप्त अर्जेन्टनी डिएगो स्वार्टजमानलाई ३-१ को सेटमा पराजित गर्नुभएको हो । उहाँले खेलको पहिलो सेट ६-३ ले सहजै आफ्नो पक्षमा पारेपनि नाडालले दोस्रो सेट ४-६ ले गुमाएको थियो । त्यसपछिको दुवै सेटमा नाडालले ६-४ र ६-० ले आफ्नो पक्षमा पार्न सफल भयो । अर्काे सेमिफाइनलमा ग्रीसका स्टेफानोस सिट्सीपास र जर्मनीका एलेसान्दर जेभेरेभबीच प्रतिस्पर्धा हुँदैछ ।