फाल्गुनन्द एकता समाज मलेसियाद्धारा गा.पा.लाई ११ वटा अक्सिजन सिलिण्डर सहयोग हस्तान्तरण।

पाँचथर:= समाजसेवाको क्षेत्रमा एकदमै क्रियाशिल समाजिक संस्था फाल्गुनन्द एकता समाज मलेसियाद्धारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

नेपाली रु. २ लाख रुपैया बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको समाजका नेपाल संयोजक लावाहाङ चेम्जोङले बताउनुभयो ।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस बाट नागरिकहरुलाई स्वास्थ्य संस्थामा अक्सिजनको अभाव हुन नदिन अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको समाजका संरक्षक सन्तोष प्रकाश रिजालले बताउनुभयो । पालिकाको सवै स्वास्थ्य संस्थामा रहने गरी ११ वटा अक्सिजन सिलिण्डर प्रदान गरिएको उहाँले बताउनुभयो ।

समाजका नेपाल संयोजक चेम्जोङले फाल्गुनन्द गाउँपालिका अध्यक्ष बिरबहादुर कुरुम्बाङलाई ती अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको थियो ।

विपद्को समयमा अक्सिजन सिलिण्डर जस्तो महत्पूर्ण स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै फाल्गुनन्द गाउँपालिकाले समाजलाई धन्यवाद दिँदै कृतज्ञता ज्ञापन गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताउनुभयो ।

हस्तान्तरण समारोहमा पालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बे,पालिका योजना तथा जिन्सी शाखा प्रमुख,सूचना अधिकारी राजेन्द्र भट्टराई,फाल्गुनन्द ५ का वडाअध्यक्ष अविन्द्र प्रसाद चेम्जोङ, वडा न.६ का वडा अध्यक्ष नारायण प्रसाद आङदेम्बे,गैसस महासंघ अध्यक्ष नन्द नेम्बाङ,नेपाली काग्रेस पाँचथर जिल्ला कमिटी सदस्य मणिचन्द्र चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

फाल्गुनन्द एकता समाज मलेसियाले फाल्गुनन्द गाउँपालिकामा विपन्न परिवारको उपचार,विपदमा परेका नागरिकहरुलाई लक्षित गर्दे ४० लाख रुपैया वढि सहयोग गरेको समाजले जनाएको छ ।