एजेन्सी := क्यानडामा एक २० वर्षे ट्रक चालकले मुस्लिम परिवारका पाँच सदस्यमाथि ट्रकले किचेका छन् । उनीहरु बाटोमा हिँडिरहेका बेला यो घटना भएको हो ।
जसका कारण चार जनाको तत्कालै मृत्यु भएको छ भने एक जनाको उपचार भईरहेको छ । ओटारीयोमा यो घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । घाईते ९ बर्षीया बालक रहेका छन् ।
प्रहरीले आरोपीलाई पक्राउ गरी हत्या मुद्धा चलाएको जनाएको छ । क्यानडा बहुसांस्कृतिक मुलुकको रुपमा परिचित छ । यस्तो अवस्थामा मुसलमान समुदाय लक्षित हिंशाको चौतर्फी बिरोध भएको छ ।




















