काठमाडौं := राजेन्द्र महतो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री नियुक्त भएकै दिन आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिनुभयो । पदभार ग्रहण गर्दै उहाँले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ ।
यसैबीच अभिनेत्री करिश्मा मान्धरले पनि बहुल राष्ट्रिय राज्य भनेको के हो र यो किन आवश्यक छ भन्दै प्रश्न गर्नुभएको छ । उहाँले पहिला नेपाल गरिब भए पनि नेपालीहरूमा गौरव र एकता रहेको भन्दै बहुल राज्य नै ठीक भएको बताउनु भएको छ । साथै उहाँले धर्म निरपेक्ष देशमा कुनै एक पक्षको उठान आवश्यक नरहेको समेत तर्क गर्नुभएको छ ।




















