एजेन्सी := इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनाले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।
प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने अवार्ड बेल्जियन खेलाडी ब्रुएनाले लगातार दोस्रो पटक जितेका हुन् । यसअघि क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेडमा हुँदा लगातार दोस्रो पटक जितेका थिए ।




















