कांग्रेस मकवानपुरद्धारा एक हजार चेपाङ परिवारलाई खाद्यान्न सहयोग।

मकवानपुर:= कोरोना महामारीका कारण भोकमरीमा परेका चेपाङ परिवारलाई कांग्रेस मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । विहीबार हेटौंडामा बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्र बहादुर बानियाँ र केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकालाई एक हजार घरधुरीलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नेता बानियाँले चेपाङको बसोबास गर्ने राक्सिराङ गाउँपालिकाका चेपाङ मात्र नभई सबै जनता खोप र भाकको अभावमा बाचिँरहेका अवस्थामा प्रदेश सरकार कानमा तेल हालेर बसीरहेको छ । दैनिक ज्यालादारी मजदुर तथा दीनदुखीको अवस्थामा सरकारले चासो नदिदाँ कांग्रेस मकवानपुरले चुनौती दिदै खाद्यान्न सहयोग गरिरहेको बताए । पहिलो चरणमा राक्सिराङलाई १५ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य डिना उपाध्यायले गतवर्ष झैं यस वर्ष पनि अभाव र समस्यामा कांग्रेसले सहयोग रहेको बताइन् । सरकारमा रहेका नेतागण पद र सत्ताका लागि लिप्त रहिरहेको बेला हामीले खाद्यान्न सहित अक्सिजनको पनि अभाव हुन नदिन कांग्रेस लागिरहेको बताइन् ।

मकवानपुरउद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्ण कुमार गुप्ता र कांग्रेस निकट पदाधिकारी तथा व्यवसायीहरुको संयोजनमा खाद्यान्न सहयोग गरिएको हो ।

सहयोग आएको चामल, नुन,मरमसला सहितको खाद्यान्न गाउँपालिकाको वडा नम्बर ९ खैराङका ५५२ घरधुरी र बाकीँ वडा नम्बर ९ को काकडा, धिराङ दाङराङका चेपाङ समुदायलाई प्रदान गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । वडा कार्यालय, टोल विकास संस्थाको समन्वयमा कुपन प्रणालीमा खाद्यान्न सहयोग गरिने बताए । जंगलगई कन्दमुल गिठ्ठा भ्याकुर खाने चेपाङले खाद्यान्न अभावका बेला झन समस्या रहेको र जंगली च्याउ खादाँ विरामी भइ मृत्यु हुने अवस्थामा समेत पुगेको बताए ।

राक्सिराङमा ३ देखि ६ महिना सम्म खान पुग्छ, ज्यालादारी गर्न हेटौंडा सहित काठमाडौं चितवन जानेहरु अहिले घरमा छन् ५ जना भएको घरमा ८ जना भए, ६ महिना पुग्ने खाना ३ महिनामा सकिने हुदाँ खाद्यान्न संकट परेको अध्यक्ष मल्लले बताए । उनले गाउँपालिकामा संक्रमित भएकाहरुलाई ४ छाक खान दिएर गाउँपालिकाले उपचार गरिरहेको बताए । प्रदेश सरकारले अहिले सम्म कोभिड क्षेत्रमा सहयोग नपु¥याएको गुनासो गरे ।

कार्यक्रममा कांग्रेसका सल्लाहकार माइकल रामचन्द्र अर्याल, अशोक शाक्य, प्रवक्ता प्रदीप कोइराला, मउवा संघका अध्यक्ष कृष्ण कटुवाल, नगर सभापति आनन्दराम पराजुली, कोभिड अनुगमन संयोजक उत्सव इटेनी, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ लगायतको उपस्थिती रहेको थियो ।