वैदेशिक रोजगारीबाट नेपाल फर्किनेको लागि तोकियो ७८ होटल क्वरेण्टीन(सूचीसहित)

काठमाडौं := सरकारले कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै वैदेशिक रोजगारीबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वरेन्टीन होटल तोकेको छ।

पर्यटन विभागले ७ वटा पाँचतारे, चार तारे ३ वटा, तीन तारे ७ वटा, २ वटा रिसाेर्टसहित नयाँ होटल क्वरेण्टीनको सूची सार्वजनिक गरेको हो । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको  ८ होटललाई पनि यही सूचिमा समावेश गरेको छ ।

क्वरेण्टीन स्थलका रूपमा प्रयोग हुने होटल कम्तीमा २० कोठा भएको हुन पर्नेछ । सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई पाँच दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वरेण्टीन अनिवार्य गरेको छ ।

होटलको सूची हेर्नको लागी तल क्लिक गर्नुहोस :
क्वारेन्टाइन होटलको सुचि