[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा नेपाली कामदार बोकेको सवारी,गाडी सडक दुर्घटनामा परेको छ । गाडी सडकमा चलिरहेकै बेला अनियन्त्रित भैई दुर्घटनामा परि एक नेपाली कामदार र एकजना स्थानीय नागरिक गाडी चालकले ज्यान गुमाएका छन्।
गाडीमा सवार ड्राइभर एकजना स्थानीय नागरिक र ९ नेपाली कामदारहरु के – फोर्स र सुपरियर प्रोटेक्सन एसडिएन , बिएचडी र ( K – Force security service sdn bhd / superior protection sdn bhd ) नामक सेक्युरिटी कम्पनीमा कार्यरत रहदै आएका थिए।

रातीको ड्युटी सकिएर बिहान करिब ०७:३० बजेतिर आफ्नो कोठामा फर्किने क्रममा सडकमा गुडिरहेको गाडी अच्चानक अनियन्त्रित भैई सडक किनारकै बिजुलीबतिको पोलमा ठोकिँएर गाडी पुनः सडकमै पल्टिँदा गाडीमा सवार ९ जना नेपाली सुरक्षागार्ड कामदारहरु मध्य १ जनाको घटनास्थलमै मृत्यु भएको र एकजना नेपालीनै गम्भीर घाइते संगै अन्य कामदार हरु भने सामान्य घाइते भएको मलेसिया स्थित नेपाली दूतावासले मलाया खबरलाई जानकारी गराउनुभयो।
जोहोरबारुको सेन्टरकै सडकमा भएको उक्त दुर्घटना परि घटनास्थालमै मृत्यु हुनेमा तनहु जिल्ला निवासी झापट बहादुर थापा रहेको जनाइएको छ। अन्य सबै घाईतेहरुको जोहोरकै सुल्तानाहा अमिनाहा अस्पतालमा उपाचार भईरहेको छ।

घाइते हुनेहरूमा गाडीमा सवार नेपाली सुरक्षागार्ड कामदारहरु चन्द्र क्ष्रेष्ठ , बिनोद बास्कोटा , खडक सुनार , दुर्गा राय माझी , जित बहादुर थापा , रामकुमार सापकोटा , निम्बाङ् तामाङ , जय बहादुर बुढाथोकी रहेको जनाइएको छ।
जोहोरको थाम्पसन अस्पताल नजिकै बन्डार जादै गरेको जालान स्टुल लाउटमा तिब्र गतिको कारण उक्त सवारी दूर्धटनामा परेको स्थानीय प्रहरीको भनाईरहेको छ।
यता यस् गाडी दुर्घटना बारे मलेसिया स्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले मृतक र घाइतेहरु प्रति दु:ख व्यक्त गर्दै भन्नुभयो, ” दुर्घटनाबारे सम्बन्धित रोजगारदाता कम्पनीसंग दूतावासको आवश्यक कुराकानी भैईसकेको र मृत्यु भएको लगायत घाइते नेपाली सुरक्षागार्ड कामदारहरूको लागी आवश्यक क्षेतिपुर्ती समेत उपलब्ध गराउनलाई दूतावासले सक्दो सहयोग,समन्वय गर्ने बताउनुभयो।”




















