लकडाउनमा पनि मलेसिया स्थित नेपाली दूतावासले श्रमिकहरुलाई सेवा प्रदान गर्दै।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आज जुन १ तारिखदेखि लकडाउन,तालाबन्दी सुरु भएको छ।
लगातार बढ्दै गैइरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्य नजरगर्दै आजदेखि देशव्यापी पुर्ण रुपमा लकडाउन,तालाबन्दी सुरु गरिएको हो।

यस् कोरोना माहामारीको समयमा पनि मलेसिया सरकारले जारी गरेको कोरोना सम्बन्धि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै मलेसिया स्थित नेपाली दूतावासले दूतावासबाट प्रभाव हुने कन्सुलर सेवाहरु सुचारु नै राखेको आफ्नो फेसबुक पेजमार्फत एक सुचना सार्वजनिक गर्दै जनाएको छ।

साथै यस् माहामारीको समयमा जारी एमसिओ,लकडाउन अवधीमा मलेसियामा कार्यरत सम्पुर्ण नेपालीहरुलाई आ-आफ्नो ठाउँमा सुरक्षित रहन आग्रह समेत गर्नुभएको छ।

यसै सन्दर्भमा दूतावासका द्धितीय सचिव प्रतीक कार्कीले मलाया खबरसंगको कुराकानीको क्रममा बोल्दै भन्नुभयो,”यहाँका सरकारले जारी गरेको आदेशलाई पालना गर्दै र स्वास्थ्य मापदण्डलाई पछ्याउँदै कर्मचारी कटौती गरेर आलोपालो गर्दै दूतावासको कार्यालयबाट नेपाली श्रमिकलाई सक्दो सहयोग गर्न सकु , सेवा प्रदान गर्न सकु भन्ने उदेश्यले दूतावासबाट प्रभाव हुने अत्यावश्यक कन्सुलर सम्बन्धि सेवाहरु बिहान १०:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्मको लागि खुल्ला,सुचारु नै राखिएको बताउनुभयो।”

साथै दूतावासले मलेसियाको क्वालालम्पुर केयलआईएदेखि नेपाल सम्म हुने अन्तर्राष्ट्रिय हवाई उडान चाडो भन्दा चाडो खुलाउनको लागि,सुचारु गर्नको लागि पनि नेपाल सरकार समक्ष आवश्यक पहल गरिरहेको द्धितीय सचिव कार्कीले बताउनुभयो।