काठमाडौं:= राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसविरूद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्नु भएको छ ।
आज एक पत्र पठाउँदै राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराइदिन आग्रह गर्नु भएको हो । राष्ट्रपति बाइडेनलाई पठाएको पत्र अमेरिकी विदेश मन्त्रालयलाई बुझाइएको अमेरिकाका लागि नेपाली राजदूत डा। युवराज खतिवडाले बुझाएको दूतावासको विज्ञप्तिमा जनाइएको छ ।




















