चीन,टर्की र कतारका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने नेपाल सरकारको निर्णय।

काठमाडौं:= नेपाल सरकारको बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले बिभिन्न तीन वटा देश चीन, टर्की र कतारका लागि अन्तर्राष्ट्रिय हवाई उडान नियमित रुपमा सुचारु गर्ने निर्णय गरेको छ।

एक मन्त्रीले जानकारी गराए अनुसार टर्कीको इस्तानबुल, कतारको दोहा र चीनको कुनै पनि सहरका लागि हप्तामा एक उडान गर्ने गरी अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय भएको हो। यो निर्णय जेठ १८ गतेबाट लागू हुनेछ।

यसअघि कोरोना महामारी बढेपछि सरकारले वैशाख २० गतेबाट भारतबाहेकका मुलुकका लागि अन्तर्राष्ट्रिय उडानमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो।
तर, चार्टड उडान भने उडान भने जारी राखिएको थियो। चार्टड उडानमा यात्रुहरु ठगिएको भन्दै सरकारको आलोचना भएपछि सरकारले विस्तारै अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने नीति लिएको हो।

मन्त्रिपरिषदको वैठकले कोरोना सम्बन्धि दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निर्णय समेत गरेको छ । एउटा खोप मात्र लगाएका तर पीसीआर नेगेटिभ भएका यात्रुले तीन दिन काठमाडौंकै होटलमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्नेछ ।

खोप नलगाएकाहरुले ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट देखाएर नेपाल आउन पाउने तर १० दिन अनिवार्य आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

उड्डयन मन्त्रालयका अधिकारीहरुले यस अघिनै जेठ १८ गते देखि हवाई उडान खोल्ने गरि तयारी गरिएको बताएका थिए ।उडान खोलेपनि सामान्य अवस्थामा झैँ धेरै उडानहरु भने नहुने बताइएको थियो ।