फिल्म ‘राधे’ माथि रिभ्यु गर्ने समीक्षकलाई सलमानले लगाए मानहानीको मुद्दा।

एजेन्सी := सलमान खानको फिल्म ‘राधे’ ले राम्रो प्रतिक्रिया पाइरहेको छैन । जसकारण सलमान आफैं हैरान छन् । र, सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ ।

केआरकेले आफैं ट्वीटरमार्फत लिगल नोटिसको फोटो पोस्ट गर्दैँ यसबारे जानकारी दिएका हुन्। उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो समेत भनेका छन्।

केही दिनअघि आफ्नो एक ट्वीटमा केआरकेले राधे फिल्मको खुलेर आलोचना गरेका थिए। उनले लेखेका थिए, ‘फिल्म राधेमा के खास छ, यो मलाई थाहा नै भएन।’

उक्त फिल्म दुबईमा हेरेको र फिल्मको पहिलो हाफ हेरेलगत्तै आफूले रिभ्यु गरेको पनि उनले ट्वीटमा उल्लेख गरेका थिए। आफूलाई सलमान खानको टिम मन नपरेको पनि उनले समीक्षामा बताएका थिए। साथै अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने घोषणा समेत उनले गरेका छन्।