क्वालालम्पुर (मलेसिया):= अहिले विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको नयाँ भेरियन्टले ज्यान जानेको सङ्ख्या उच्च रहेको छ। नयाँ भेरियन्ट सहितको कोरोनाले नेपालमा पनि दिनहुँजसो सय,डेढ्सय मानिसको मृत्यु भैइरहेको छ।
कोरोना संक्रमणलाई मध्य नजरगर्दै माहामारीलाई रोकथाम गर्नको लागी नेपाल सरकारले मेय ३१ तारिखसम्मको लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकोले नेपालबाट नेपालीहरु वैदेशिक रोजगारीमा जाने बाटो पनि बन्द भएको छ।
नेपालमा कोरोना संक्रमणको दर उच्च भएको हुँदा नेपाली हरुको लागि वैदेशिक रोजगारीको निम्ति प्रमुख गन्तव्य मुलुक मानीने मध्य मलेसिया,बहराइन,कुवेत,युएई गरि ४ वटा मुलुकले नेपालीलाई आफ्नो देशमा आउनलाई पुर्ण रुपमा प्रवेश निषेध,बन्द गरेको छ।
नेपालीको लागी गन्तव्य देशहरूले पनि कोरोना सङ्क्रमण रोकथामका लागि स्वास्थ्यका नयाँ मापदण्डहरू जारी गर्दै प्रवेशमा कडाइ गरेका छन्। कुटनैतिक निकाय र स्वास्थ्य क्षेत्रकाले भने पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरि प्रवेश पाउनेछ्न।
बहराइन
बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे देखि नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो ।
यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमण दर बढेकाले सङ्क्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ । ३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरूमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डोज खोप लगाएको १४ दिन बढी भइसकेको र कोरोना सङ्क्रमण निको भएकाहरूले मात्र अनुमति पाउनेछन् ।
कुवेत
कुवेतले पनि नेपालसँगको व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ । तर अफिसियल, कूटनीतिक नियोगका कर्मचारी लगायतले भने प्रवेश गर्न पाउनेछन् । स्वास्थ्यका मापदण्ड भने पालना गर्न पर्नेछ ।
यूएई
यूएईले पनि वैशाख २९ गतेदेखि नै नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । आउँदो बुधबारदेखि अर्को सूचना जारी हुँदासम्मका लागि नेपालसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको यूएईको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
मलेसिया
मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण रोकथामका लागि नेपाल, बङ्गलादेश, पाकिस्तानी र श्रीलंकाका नागरिकको प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियाको स्थानीय सञ्चार माध्यम द-स्टारले समाचारमा लेखेको छ ।
निश्चित समयका लागि रोक लगाइएको भए पनि कहिलेसम्म लगाउने भन्ने बारे खुलाइएको छैन । यो निर्णय अनुसार कूटनीतिक र सरकारी पासपोर्ट भएका बाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् ।




















