नेपाल,खनाल र रावलसहित ११ जना एमालेको साधारण सदस्यसमेत नरहने गरि निष्कासित।

काठमाडौं := नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले शनिवार स्पष्टीकरण मागिएका माधव, झलनाथ र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताउनु भयो ।

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन,सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत हुनुहुन्छ ।