क्वालालम्पुर (मलेसिया):= यस् कोरोना माहामारीको अवधीमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भैइ मलेसियामा करार अवधी सकिएर अलपत्र परेका नेपाली कामदारहरुको उद्धारको लागि अन्तर्राष्ट्रिय उडानलाई नियमित सञ्चालन गर्नुपर्ने मलेसियाको लागि नेपाली राजदूत उदयराज पाण्डेले बताएका छन्।
रोलिङ नेक्ससद्वारा आयोजित अनलाइन भर्चुअल वेभिनारलाई सम्बोधन गर्दै राजदूत पाण्डेले भने ‘मलेसियामा प्रत्येक हप्तामा कम्तीमा ५ सय जनाको करार अवधि समाप्त भइरहेको छ । अहिले करार अवधि समाप्त भएका कामदारको सवाल तिब्र रुपमा उठिरहेको छ’, त्यसैले सके नियमित उडान राखौं नत्र कम्तीमा हप्तामा एउटा भएपनि वाइडबडी जहाज मलेसियामा पठाउनुपर्ने अवस्था आएको बताउनुभयो।’
‘उडान रोकिदा मलेसियामा मृतक कामदारको शवको सङ्ख्या पनि पुनः २६ पुगेको छ । साथै नेपालमा यस् माहामारीको समयमा मलेसियाबाट पनि नेपाली जनतालाई आवश्यक सहयोग गर्नलाई झन्डै ३० टन जति स्वास्थ्य सामाग्री जम्मा भैइसकेको छ, र विभिन्न कारणबस मलेसियाको जेलमा परि सजाय भुक्तान गरेर स्वदेश फिर्न डिपोर्टटेसन सेन्टर (घर फिर्तीकेन्द्र) मा बसेका नेपालीको संख्या ३६ जना पुगेको छ । सबैलाई समयमा पठाउन नसक्दा समस्या थपिदै गैइरहेको छ ’, उनले भने।’
उनले गएको एकहप्ता यता मलेसियामा कोरोनाको संक्रमण दर क्रमशः बढिरहेको बताए । ‘हालसम्म मलेसियामा स्थानीय संगसंगै झन्डै ५ हजार नेपाली कामदारहरु पनि संक्रमित भइसकेका छन्। ती मध्य कतिपय निको भैइसकेको छ,भने कतिपय अहिलेपनि क्वारेन्टाइनमा जिवन बिताइरहेका छ्न। संक्रमित नेपालीहरु मध्ये अहिलेसम्म १३ जनाको मृत्यु भएको छ,राजदूत पाण्डेले भने।’




















