मलेसियामा एलआरटि रेल (ट्रेन) दुर्घटना हुँदा यात्रुहरू गम्भीर घाइते।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुर नजिकै केयलसिसीको सुरुङमार्गभित्र दुईवटा रेल (ट्रेन) एक आपसमा ठोकिँएर दुर्घटना भएको छ।

केलानाजाया लाइन अन्तर्गतको ४० र ८१ नम्बरको दुईवटा  एलआरटि ट्रेन सोमबार राती स्थानीय समय अनुसार करिब ०९:०० बजेतिर ठोकिएर दुर्घटना भएको तर ट्रेनमा सवार  यात्रुहरू घाइते र गम्भीर घाइते भएपनि कुनैपनि यात्रुको मृत्यु नभएको संघीय क्षेत्रका मन्त्री अनुवर मुसाले स्थानीय सञ्चार माध्यम संगको कुराकानीको क्रममा बताए।

यता मलेसियाको दाङ्गवाङङ्गी पुलिस प्रमुख मोहमद जैनाल अब्दुलाहले बताए अनुसार ट्रेनमा सवार १६६ जना यात्रुहरूलाई सामान्य चोटपटक लागेको तर अन्य ४७ जना यात्रुहरु भने दुर्घटनामा परि गम्भीर घाइते भएको र तिनीहरु सबैको उपचार अहिले क्वालालम्पुर अस्पतालमा भैइरहेको बताए।

एकआपसमा ठोकिँएको ट्रेनहरु मध्य एउटा चाहिँ खाली रहेको थियो भने अर्को ट्रेनमा करिब दुई सय जना भन्दा बढी स्वदेशी तथा विदेशी नागरिक , यात्रुहरु सवार रहेको पाइएको स्थानीय सञ्चार माध्यम बेरनामाले समाचारमा उल्लेख गरेको छ।

ट्रेन दुर्घटनामा परि कुनै यात्रुहरूको मृत्यु भएको नभएको र कति स्वदेशी तथा विदेशी यात्रुहरू थिए? भन्ने बारेमा यकिन तथ्यांक , विवरण आउन बाँकी रहेको छ।… क्रमशः
यो खबर मलेसियाको स्थानीय राष्ट्रिय दैनिक पत्रीका बेरनामाबाट नेपालीमा अनुवाद गरिएको हो।