स्विजरल्यान्डद्वारा ९४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री नेपाललाई सहयोग।

काठमाडौं := स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध ८० करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्।

स्वीजरल्याण्डले करिव ८० लाख अमेरिकी डलर अर्थात ९४ करोड नेपाली रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो।

ल्याइएका स्वास्थ्य सामाग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, ११ लाख ¥यापिड एन्टीजेन टेस्ट, १ लाख १० हजार मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन्।

राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन्।