कुवेतमा अवैधानिक बनेका विदेशी नागरिकलाई आफ्नो कानुनी अवस्था सुधार्न मौका प्रदान।

एजेन्सी := कोरोना माहामारीको बिचमै कुवेत सरकारले त्यहाँको आवासीय कानुन उल्लङ्घन गरेर अबैधानिक बनेका नेपाली संगै कैयौं देशका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने समयाअवधि (ग्रेस पिरेड) थप गरेको छ।

अघिल्लो पटकको म्याद यही मे १५ तारिख मा सकिएको छ । योसँगै कुवेतले फेरि थप एक महिनाको लागि ग्रेस पिरेड लम्ब्याउने त्यहाँका आन्तरिक मामिला मन्त्री थामेर अलीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले जनाएको छ । मानवीयताको जगमा रहेर नयाँ ‘ग्रेस पिरेड’ ल्याएको मन्त्री थामेरले बताउनुभएको गल्फ न्युजले समाचारमा उल्लेख गरिएको छ।

पुनः थप गरिएको यस् समयावधि भित्रमा आफ्नो कानुनी अवस्था सच्याउन कुवेतले आग्रह गरेको छ । यो समयभित्र पनि आफ्नो कानुनी अवस्था नसच्याउनेहरुलाई कडा कारबाही गरिने तथा जरिवाना तिराइने त्यहाँका अधिकारीहरुले जनाएका छन्।

उनीहरुको आवासीय भिसा रद्द गरिने, देश निकाला गरिने तथा पछि फेरि फर्केर आउन नमिल्ने गरी देश निकाला गर्ने जनाइएको छ । कुवेतले अहिलेसम्म चार पटक यो अवधि बढाइसकेको छ ।