काठमाडौं := बढ्दो कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएसँगै वैदेशिक रोजगार विभाग नेपालले पनि भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सम्पुर्ण सेवाहरू बन्द गरेको छ।
हवाई उडान नखुलेसम्म अथवा अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगार कार्यालयमा उपस्थित भएर लिनुपर्ने सेवाहरू अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति बन्द छ । तर भौतिक रूपमा कार्यालयमा उपस्थित हुन नपर्ने गरी अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने लिन सकिन्छ।
पुनः श्रम स्वीकृतिका लागि विदेशबाट वा देशमै भए घरमै बसी बसी पनि निवेदन दिन सकिन्छ। अनलाइनबाट पुनः श्रम स्वीकृति लिनका लागि कुनै अप्ठेरो वा थप जानकारी चाहिएमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा शाखा अधिकृत सालिकराम फुयाँललाई ९८७२६२७७८३ मा र माधवराव पाण्डेलाई ९८४१३१०३२३ मा र कम्प्युटर इन्जिनियर अर्जुन यादवलाई ९८४११४९३८० मा सम्पर्क गर्न सकिन्छ।#उज्यालो




















