अन्ततः जसपा पार्टीले अगाडि सारेको नगरिकता सम्बन्धि माग नेपाल सरकारले गरे पुरा।

काठमाडौं := अन्ततः नेपालमा आमाको नाममा मात्र नागरिकता भएकाहरुले अब वंशजका आधारमा नागरिकता पाउने भएका छन्।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकको व्यवस्थाबारे निर्णय गरेको हो। यो निर्णयले खास गरी तराई क्षेत्रमा वंशजको नागकिरता पाउनबाट वञ्चितहरुले नागरिकता प्राप्त गर्नेछन्। मधेशवादी दलहरुले यो व्यवस्थाको माग गर्दै आएका थिए।

जनता समाजवादी पार्टीले नेपाल सरकार समक्ष अगाडि सारेको माग अनुसार सरकारले सो निर्णय गरेको हो। यो निर्णयपछि विहीबार जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता समेत भएको छ। तर, वार्तामा के कुरा भयो भन्ने विषयमा भने अहिलेसम्म केही खुलाइएको छैन।

अब यसबाट धेरैले नागरिकता बिहीनताको अवस्थामा नेपाली भएर बाच्नुपर्दैन । यसअघि धेरै प्रमाण जुटाएर नेपाली हो भन्ने प्रमाण पेश गर्दा पनि नागरिकता नपाएको उदहारणहरू पर्याप्त रहेका छन । सरकारको यो निर्णयसँगै विगत ३५ वर्षदेखि विभिन्न प्रमाण बाेकेर गृहमन्त्रालयमा धाउन बाध्य नुवाकोटका जोनी जेकेले पनि नागरिकता पाउने हुनुभएको छ । यस्ता पाँच सय भन्दा बढी फाइलहरू अहिले पनि गृहमन्त्रालयमा रहेका छन ।

त्यस्तै विहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनका लागि मार्गप्रस्सत गर्ने समेत जानकारी गराएका थिए।