एजेन्सी:= रुसको साईबेरीयामा एक अनौठो घटना भएको छ । एक सय १ किलो तौल भएकी श्रीमतिले आफ्नै श्रीमान्को अनुहारमा बस्दा श्रीमानको ज्यानै गएको छ । श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । त्यस क्रममा उनीहरुले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा समेत दायर गरेका थिए ।
त्यही बेलमा घरमा बृद्धहरुले सम्झाई बुझाई गरेपछि दुबै जनाबीच बहस भयो । श्रीमतीले माफी माग भन्दै श्रीमानको अनुहारमा बसे पछि सास फेर्न नसकेर उनको मृत्यु भएको समाचारमा उल्लेख छ ।पत्नीको नाम टाटियाना र पतिको नाम एडार भएको बताईएको छ ।
समाचार अनुसार टाटियानाले माफी मगाउन आफूले आग्रह गर्दा एडारले नमानेपछि झगडा परेको बताएकी छन् । श्रीमान्ले सास फेर्न सकिन भन्दै भने पनि टाटियानाले नसुने पछि उनको ज्यानै गयो । उनले आफ्नो पति मर्ला भन्ने अनुमान आफूलाई नभएको बताएकी छन् ।




















