कलैयामा दुईजना बालकको घाटी रेटि हत्या गरिएको अवस्थामा मदर्शामा शव फेला।

बारा := कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी अब्दुल रसारका एकै परिवारका दुई जना बालकको घाँटी रेटिएको अवस्थामा मृत शव फेला परेको छ ।

मृत अवस्थामा फेला परेका ति दुईजना बालकको बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका छ्न। स्थानीयवासीहरुको भनाइ अनुसार एक जना ९ वर्ष को उशमान अन्सारी र अर्का एक जना ७ वर्ष का अमिन अन्सारी रहेका छन्। ऊनीहरु को शव आज मंगलबार बिहान कलैयाको मदर्शामा भेटिएको हो ।

जानकारी अनुसार यी दुई जना बालकहरु हिजो साझ खेल्न भनेर घरबाट बाहिर निस्केको बेला हिजै देखिनै बेपत्ता भएका थिए । कलैया उपमहानगरपालिका वडा नं. ७ निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए । रसार बैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र साहित टोलि घटना स्थल मा पुगेका छन् । मुचुल्का लिएर दुई जना को शव पोस्टमार्टम को लागि पठाउने तयारी भैरहेको छ।साथै घटना बारे थप विवरण समेत आउन बाकी रहेको प्रहरीले जनाएको छ।