युरोपियन गोल्डेन बुटका शीर्ष १५ जना दाबेदार फुटबल खेलाडी।

एजेन्सी (खेलकुद):= युरोपियन क्लब फुटबलको जारी सिजन सकिने संघारमा छ । युरोपका शीर्ष पाँच स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानमा अब अन्तिम चरणको खेल बाँकी छ । इंग्लिस प्रिमियर लिगमा भने २ चरणको खेेेेल बाँँकी रहेको छ।

गत सिजन भन्दा फरक यो सिजन पनि युरोपियन गोल्डेन बुटको लागि खेलाडीहरुको प्रतिस्पर्धा खासै चर्को छैन । शीर्ष ५ लिगका टोलीको एक गोलको २ अंक र शीर्ष ५ बाहिरको टोलीको गोललाई १.५ अंक दिइने गरिन्छ ।

यो सिजनको गोल्डेन बुटका लागि सबैभन्दा अघि जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की अघि देखिएका छन् । उनले यो सिजन ४० गोलको आँकडा पार गरेका छन् ।

गत सिजनको विजेता सिरो इमोविले यो सिजनको गोल्डेन बुटको दौडमा रहेका छैनन् । क्याटलान क्लबका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो र पीएसजीका केलियन एमबाप्पे, रियल म्याड्रिडका करिम बेन्जेमासँगै डर्टमुन्डका एर्लिङ ब्राउट हालान्ड पनि गोल्डेन बुटको दौडमा अघि छन् ।

यहाँ शीर्ष १५ खेलाडीलाई उतारेका छौं ।

१५. कास्पर जुनकर (बोडो/ग्लिम्ट) ४०.५ अंक – २७ गोल

१४. डुसान भ्लाहोभिक (फियोरेन्टिना) ४२ अंक – २१ गोल

१३. पल ओनुआचु (जिन्क) ४३.५ अंक –२९ गोल

१२. लुइस मुरिएल (एटलान्टा) ४४ अंक –२२ गोल

११. मोहम्मद सलाह (लिभरपुल) ४४ अंक – २२ गोल

१०. ह्यारी केन (टोटेनहम) ४४ अंक –२२ गोल

९. करिम बेन्जेमा (रियल म्याड्रिड) ४४ अंक –२२ गोल

८. रोमेलु लुकाकु (इन्टर मिलान) ४६ अंक – २३ गोल

७. जेरार्ड मोरेनो (भिल्लारियल) ४६ अंक –२३ गोल

६. एर्लिङ ब्राउट हालान्ड (डर्टमुन्ड) ५० अंक – २५ गोल

५. केलियन एमबाप्पे (पीएसजी) ५२ अंक – २६ गोल

४. आन्द्रे सिल्भा (फ्रान्कफुर्ट) ५४ अंक –२७ गोल

३ क्रिस्टियानो रोनाल्डो (युभेन्टस) ५८ अंक – २९ गोल

२. लियोनेल मेस्सी (बार्सिलोना) ६० अंक – ३० गोल

१. रोबर्ट लेवान्डोस्की (बायर्न म्युनिख) ८० अंक – ४० गोल

# हाम्रो खेलकुद